जेठ १९ । कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ।
सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको छ। यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्नेछ।
सिनोभ्याक खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्युएचओले जनाएको छ। योसँगै अब विश्वभरि उक्त खोप वितरणका लागि स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप वितरण गर्न सक्ने भएको छ।
अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दाबी गरिएको छ।
सिनोभ्याकको यो खोप चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिएको छ। यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिने जनाइएको छ। एजेन्सी


























