जेठ १८ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलरको मूल्य सोमबारको भन्दा बढेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगेको छ। यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























