मुम्बई, जेठ १३ । बलिउड अभिनेता कार्तिक आर्यन निर्माता करण जोहारपछि अभिनेता शाहरुख खानको फिल्मबाट निकालिएका छन्। शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’बाट कार्तिकलाई निकालिएको हो।
दैनिक भास्करका अनुसार यो फिल्ममा कार्तिक र कटरीना कैफलाई प्रमुख भूमिकामा अभिनय गराउने योजना रेड चिलीजको थियो। तर फिल्मको स्क्रिप्टमा कार्तिकले असन्तुष्टि जनाएपछि उनी निकालिए।
‘कार्तिकलाई निर्माता शाहरुख खानको फिल्मबाट हटाइनुको प्रमुख कारण पनि धर्मा प्रोडक्सनको ‘दोस्ताना २’बाट निकालिएकै जस्तो हो। यसपटक फिल्ममा अनुबन्धका लागि स्वीकृति दिएपछि उनी फिल्मको स्क्रिप्ट परिवर्तन होस् भन्ने चाहन्थे। यसको अर्थ उनलाई स्क्रिप्ट मनपरेको थिएन। तर निर्माण पक्षले उनको प्रस्तावलाई अस्वीकार गर्यो’, फिल्म सम्बद्ध स्रोतले भनेको छ।
फिल्म सुटिङका लागि फ्लोरमा नगएकाले रेड चिलीज धेरै आर्थिक नोक्सानबाट जोगिएको छ। फिल्म ‘दोस्ताना २’का लागि कार्तिकले पहिले नै करिब २० दिनको सुटिङ गरेका थिए। जसकारण धर्मा प्रोडक्सनलाई निकै घाटा भएको थियो।
कार्तिकले ‘फ्रेडी’का लागि लिएको साइनिङ एमाउण्ट पनि रेड चिलीजलाई फिर्ता गरिदिएका छन्। कार्तिक रेड चिलीजबाट बाहिरिएको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ। कतिपय प्रयोगकर्ताले कार्तिकले आफ्नो करियरलाई जोखिममा पार्दै गइरहेको भनी प्रतिक्रिया दिएका छन्।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







