चितवन, जेठ १२ । चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो। डीएसपी थापाका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए।
शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ। उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले बताए।
Facebook Comments

























