जेठ १२ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण साँझ ५ बजेर ३२ मिनेटमा सुरु हुने छ। बुधबार साँझ लाग्ने चन्द्रग्रहण ७ बजेर १६ मिनेटमा मध्ये हुने र राति ८ बजेर ५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। चन्द्रग्रहण छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुई प्रकारका हुन्छन्। सघन तथा विरल। सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ।
तर अमेरिकी अन्तरिक्षी एजेन्सी नासाका अनुसार चन्द्रमा पुर्णरूपमा रातो देखिने समय जम्मा १४ देखि १५ मिनेट मात्र हुनेछ। बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो। यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो। हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन। किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ।


























