चितवन, जेठ ११ । सेभ द माइन्ड नेपालले प्रेस चैतारी नेपाल चितवनलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज प्रेस चौतारीको कार्यलयमा नै गएर सस्थाले चौतारीका सह-अध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
कोरोनाको जोखिममा फिल्डमा खटिएर काम गर्नु पर्ने भएकाले स्वास्थ्य सामग्री आवस्यक हुने भन्दै चौतारी मार्फत चितवनका पत्रकारहरुलाइ वितरण गर्न सामग्री सहयोग गरेको सस्थांको अध्यक्ष पुजा भुषालले बताइन्। उनले सञ्चारकर्मी सुरक्षित भए घरमै बसेर नि सुसूचित हुन सकिने बताउदै ४० थान पन्जा र ४० बट्टा मास्क हस्तान्तरण गरेको बताइन्। नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष केशव घिमिरे, मकाउबाट सुदर्सन थापा र अमेरिका बाट राजिव श्रेष्ठले सस्थांलाई पाठाएको रकमबाट स्वास्थ सामग्री हस्तान्तरण गरेको बताउदै सहयोगी सबैलाई उनले धन्यवाद व्यक्त गरिन्।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी चितवनका सह-अध्यक्ष कृष्ण आचार्यले जोखिमको समयमा पत्रकारलाइ सम्झेर सहयोग गर्ने सस्थांलाई धन्यवाद दिए। कोभिडको समयमा पत्रकार जोखिम ठाउँमा पनि जानपर्ने हुनाले स्वास्थ्य सामग्री अति आवश्यक रहेको बताउदै सस्थांले गरेको सहयोग प्रती आभार व्यक्त गर्दै सस्थांलाई र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकाछन्।
चौतारीले जिल्लाका कृयाशिल सबै पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेभ द माइन्ड नेपालका सदस्यहरु र प्रेस चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो।


























