जेठ ८ । गएको २४ घण्टामा आठ हजार आठ सय भन्दा धेरैले कोरोना सङ्क्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ। कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ।
यस्तै गएको २४ घण्टामा आठ हजार ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १९ हजार तीन सय ५७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा आठ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सात सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा तीन सय ८९ जनामा संक्रमण पाइएको छ।
यस्तै गएको २४ घण्टामा कोरोनाका कारण एक सय २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।