चितवन, जेठ ७ । प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। कालिका दैनिक अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्। आज (शुक्रबार) प्रेस चौतारी चितवनको कार्यालयमा कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालका बामगती प्रदेश सहसंयोजक शिशिर सिंखडाले प्रेस चौतारी चितवनका जिल्ला सहअध्यक्ष कृष्ण आचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
कालिका दैनिकका तर्फबाट पाँच हजार थान माक्स र १ सय वटा सेनिटाइजर सहयोग गरिएको सिंखडाले बताए। उनले प्रेस चौतारीलाई आवश्यक परेका खण्डमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए। स्वास्थ्य सामाग्री जिल्लामा कार्यरत पत्रकारहरुलाई उपलब्ध गराइनेछ।
प्रेस चौतारीका सहअध्यक्ष आचार्यले संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा कालिका दैनिकका निर्देशक बन्जारा र प्रेस चौतारीका बागमती प्रदेश सहसंयोजक सिंखडालाई धन्यबाद ज्ञापन गरे। कोरोनाका कहरका बेला अंग्रपक्तिमा रहेर सुचना प्रवाह गर्ने तथा फिल्डमा खटिने पत्रकारहरुलाई पहिलो चरणमा र दोस्रो चरणमा सबै पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने आचार्यले बताए।
कालिका अनलाइनका निर्देशक बन्जार ग्लोबल गोर्खा समाजका कोषाध्यक्ष तथा हंङकङका सफल हेण्डीक्राफ्ट व्यवसायी हुन्। स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश सदस्य तिलक रिमाल र प्रेस चौतारी चितवनका जिल्ला सदस्य गोविन्द घिमिरेको उपस्थिति थियो।


























