लमजुङ, जेठ ५ । नेपालमा आज बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ। भूकम्पले भएको क्षतिबारे विवरण आउन बाँकी छ। यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ। यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो। २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन।
यस्तै,चितवनमा पनि आज विहानै भूकम्पको धक्का महसूस गरिएको छ।
Facebook Comments


























