चितवन, जेठ ४ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ पिप्लेमा हिजो सोमबार साझ बस दुर्घटना भएको छ।
कलैयाबाट काठमाडौं जादै गरेको ना ७ ख ४७५५ नम्बरको बस सोमबार साँझ पौने ७ बजे सडकमा पल्टिएको हो। दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूको थप उपचारका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ। बसका चालक तथा सहचालक भने फरार रहेकोले खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























