चितवन, जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।
Facebook Comments


























