चितवन ०३ जेठ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि सरकारले थप पहल गरेको छ। स्वास्थ्य क्षेत्रमा कोभिड-१९ ले अति नै प्रभावित पारेपछि देशभरका १२ वटा स्वास्थ्य केन्द्रहरुमा आवश्यक यन्त्र उपकरण खरिद तथा निर्माणको लागि अर्थ मन्त्रालयले दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले जनाएको छ। त्यसमध्ये चितवनको भरतपुर अस्पताललाई पनि ९ करोड ८० लाख रुपैयाँ बजेट परेको छ। उक्त रकम भेन्टिलेटर तथा अक्सिजन ट्यांक निर्माण गर्नमा खर्च गरिनेछ।
अन्य अस्पतालहरुमा धुलिखेल अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय राष्ट्रिय प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र छन्। कुन अस्पतालले कति रकम पाउने भन्ने विषयमा अर्थ मन्त्रालयको पत्र तल हेर्नुहोला;



























