जेठ २ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























