मोरङ, जेठ १ । लेटाङ नगरपालिकास्थित त्रिशूली चोकमा एक व्यवसायीको छुरा प्रहार गरी शुक्रबार राति हत्या भएको छ। लेटाङ ३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पुल हाउस र ढुवानी व्यवसाय गर्दै आएका राईलाई लेटाङ ३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरी हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। दर्जी र लिम्बूलाई इलाका प्रहरी लेटाङले नियन्त्रणमा लिएको उनले बताए।
पैसाको लेनदेन विषयमा विवाद हुँदा उनीहरुले राईलाई पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए। रोमनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा मृत्यु भएको डीएसपी राईले बताए।
Facebook Comments


























