बैशाख ३० । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र राधे यही वैशाख ३० गते बिहीबारदेखि डिसहोम सिनेमाघर च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ।
दबङ भाइजान सलमान खानको यो चलचित्र ३२५ मा स–परिवारले हेन सकिने छ। प्रभु देवाले निर्देशन गरेको राधे मा सलमान खानमा साथमा दिशा पटानी, रणदीप होडा यस चलचित्रको सिट्टी मार’ बोलको गीत अहिले चर्चामा छ।
लामो समयदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकका लागि राधे’ ले पण मनोरञ्जन प्रदान गरेर कोभिडको महामारी केही समय रमाइलो अनुभूति गराउनेमा डिसहोम सिनेमाघर १०८ का सम्पादक दयाराम पाण्डेय बताउँछन्।
यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ। राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ। चलचित्रमा अभिनेता सलमानका साथ दिशा पटानी, जैकी श्राफ, रणदीप हुड्डा मुख्य भूमिकामा छन्।


























