नयाँ दिल्ली, बैशाख ३० । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका छन्। संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनका अनुसार जनवरी १६ देखि चलाइएको खोप अभियानमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका छन्।
उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाइँमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ।
उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाइँमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे। एजेन्सी
Facebook Comments

























