मुम्बई, बैशाख २५ । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ। आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन्। दैनिक जागरणका अनुसार ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे जानकारी दिएकी हुन्।
‘निकै थाकेको महशुस गरेकी छु। केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ। मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो। मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु। मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो। म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन्।
उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन्। ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ। आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं’, उनले लेखेकी छन्। एजेन्सी
Facebook Comments


























