कावासोती, बैशाखा २४ । पूर्वी नवलपरासीमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। कावासोती नगरपालिका–२, नरबजार चोकस्थित रुद्र कँडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३५ वर्षीय अजय जैसवालसहित १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कँडेलको घरमा तास खलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
Facebook Comments


























