मुम्बई, बैशाख २३ । भारतमा कोरोना महामारीको बढ्दो त्रासबीच सलमान खानको फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ मे १३ बाट थिएटर र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ।
दैनिक जागरणका अनुसार फिल्मका निर्माताहरुले फिल्मबाट हुने कमाईको एक हिस्सा कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका छन्। कमाईको रकम अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिनेछ।
यसका लागि उनीहरुले गिभ इन इण्डिया नामको एनजीओसँग सहकार्य गरेका छन्। उनीहरुले संस्थामार्फत आर्थिक सहयोगको पनि आव्हान गरेका छन्।
फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ सलमान खान फिल्मस् र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज मिलेर निर्माण गरेको हो।
फिल्म थिएटरसँगै जीप्लेक्स, जी५ र डीटीएच प्लेटफर्म पे पर भ्यूमा उपलब्ध हुनेछ। टिकट विक्री र विभिन्न प्लेटफर्ममा हुने कमाईलाई हेल्थकेयर सिस्टमलाई सपोर्ट गर्न हस्तान्तरण गरिनेछ। प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफको अभिनय छ। एजेन्सी


























