बैशाख १९ । स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँ पुगेको हो।
गत शुक्रबार छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो। सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ। यता, चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ पर्ने महासंघले जनाएको छ।
Facebook Comments

























