चितवन, बैशाख १९ । चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ।
नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ। पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहेका छन्।
पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासङ्घ चितवनले आग्रह गरेको छ। रासस
Facebook Comments


























