काठमाडौं, बैशाख १३ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ। सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ।
आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ। संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ।
नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने निर्णय चाहिँ जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने अधिकार दिन भनिएको छ। निषेधाज्ञाको निर्णय संघीय सरकारले नभएर जिल्ला प्रशासनले गर्ने अधिकार दिन समेत सीसीएमसीले सिफारिस गरेको छ।
Facebook Comments


























