बैशाख १३ । अनुप बरालको निर्देशन रहेको चलचित्र ‘दोख’को ओएसटी सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार चलचित्रका केही दृश्यसहित ओएसटी ‘रातैले बुन्छ’ सार्वजनिक गरेको हो।
श्रवण मुकारुङको शब्द रहेको गीतमा पुष्पसंगमले संगीत भरेका छन्। झुमा लिम्बूको स्वर छ। जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनी चलचित्रको मुख्य कथा हो।
राजन कठैतले लेखेको चलचित्रको छायांकन शैलेन्द्र डी कार्कीले गरेका छन्। चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
Facebook Comments


























