काठमाडौं, बैशाख ११ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा पूजा गर्दै चलचित्र ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ। मुहूर्तमा चलचित्रका कलाकार, निर्देशक, निर्माता, छायाकारलगायतको उपस्थिति रहेको थियो । लकडाउन नभएमा चलचित्रको छायांकन १५ गतेबाट गरिनेछ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको प्रमुख भूमिका रहनेछ। गौमायाले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन्।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन्। असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन्। चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी। कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ।


























