मुम्बई, बैशाख १० । भारतमा कोरोना संकटका बीच महाराष्ट्रको अस्पतालमा एकपछि अर्को ठुला घटनाहरु घटिरहेका छन्। नासिकको जाकिर हुसेन अस्पतालमा अक्सीजन लीकेजका कारण भखर्रै २२ जना संक्रमितहरुको मृत्युको घटना साम्य नहुँदै मुम्बईकै विरार स्थित विजय भल्लाभ अस्पतालमा आगो लागेको छ।
उक्त घटनामा १३ जना कोरोनाका विरामीको मृत्यु भएको छ। फायर डिपार्टमेन्टका अनुसार अस्पतालको आईसीयूमा १७ जना विरामीको उपचार भइरहेको थियो। विहान सभा साढे तीन बजे शर्ट सर्किटबाट आगो लागेको हो र करिव ६ बजेसम्म आगो निभाउन सफल भएको थियो। एजेन्सी
Facebook Comments


























