बैशाख ६ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन्। कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो।
आज राती १० बजेदेखि नै लागूहुने गरि अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यहाँ अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाईएको छ।
दिल्लीका विभिन्न अस्पतालमा संक्रमण दर बढेको, बेड र अक्सिजनको अभाव रहेका काकारण कडा निर्णय गर्नु परेको समाचारमा जनाइएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ। एजेन्सी
Facebook Comments


























