चितवन, बैशाख ५ । चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहारका लागि नगद प्रदान गरेको छ। खैरहनी नगरपालिका–१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजारका दरले रकम प्रदान गरेको हो।
गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताए। उनका अनुसार यो कार्यक्रम असार मसान्तसम्म चल्नेछ। रासस
Facebook Comments


























