काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। नयाँ वर्ष २०७८ का अवसरमा सिंहदरबारबाट देशवासीलाई सम्बोधन गरेका ओलीले एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै नाम नलिइकन सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन्।
‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन। सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेस गर्नुपर्ने हो। तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने।
संसद अधिवेशन शुरू भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको उनले बताए।
Facebook Comments


























