चितवन, चैत्र २० । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ।
२४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ। यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन्। हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए। मृतकको संख्या भने २ हजार ३१ रहेको छ।
Facebook Comments


























