चैत्र २० । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन आज प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको हो। छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मुल्य ८६ हजार नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























