चैत्र १९ । भारतीय अभिनेत्री किरण खेर क्यान्सरबाट पीडित भएकी छन्। उनी मल्टिपल मायलोमा नामक क्यान्सरबाट पीडित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अभिनेता अनुपम खेरकी पत्नी एवं भारतीय जनता समाजवादी पार्टीकी सांसदसमेत रहेकी उनी मुम्बईको एक अस्पतालमा उपचाररत छिन्। चण्डिगडका भाजपा अध्यक्ष अरुण सुदले किरणको क्यान्सरबारे जानकारी दिएका छन्। उनी गत नोभेम्बरबाट बिरामी परेकी थिइन्।
चण्डिगढको पोस्ट ग्रेजुएट मेडिकल एजुकेशन एण्ड रिसर्चमा गरिएको मेडिकल टेस्ट पछि उनलाई मल्टिपल मायलोमा भएको पता लागेको थियो। यो रोग उनको बायाँ हात र दाहिने काँधमा फैलिएको थियो। एजेन्सी
Facebook Comments


























