जकार्ता, चैत्र १५ । इन्डोनेशियाको एक चर्चबाहिर आत्मघाती बम हमला हुँदा १४ जना घाइते भएका छन्। आज आइतबार इस्टर सप्ताहको पहिलो दिन मकसार शहरमा रहेको उक्त क्याथोलिक चर्चमा आत्मघाती बम हमला भएको यहाँको प्रहरीले जनाएको छ।
चर्चका पादरी विल्हेमस तुलकका अनुसार एक संदिग्ध आक्रमणकारीले मोटरसाइकल चर्चमा छिराउन लागेको थियो। तर उसलाई सुरक्षाकर्मीले प्रवेश गर्नबाट रोकेको बताइएको छ।
स्थानीय प्रहरीले हमलामा एक जनाको मात्र संलग्नता रहेको बताए पनि दुईजना संलग्न रहेको यहाँको केन्द्रीय प्रहरीले जनाएको छ। अहिलेसम्म हमलाको जिम्मेवारी कुनै समूहले लिएको छैन। हमला चर्चको मुख्य द्वारभित्र नभएकाले ठूलो क्षति हुन नपाएको समाचार संस्था रोयटर्सले जनाएको छ। एजेन्सी
Facebook Comments

























