काठमाडौं, चैत्र ११ । आज विश्व क्षयरोग दिवस। प्रत्येक वर्ष मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ। यस वर्ष क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ क्षयरोग दिवस मनाँउदैछ।
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो। क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ।
क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म अस्तित्वमा रहेको छ। आज चिकित्सा विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण हुने गरेको छ। बिश्वमा प्रत्येक वर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेको र २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक छ। नेपालमा क्षयरोगको तथ्याकं झन भयावह छ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु थपिने गरेका छन्। यसै गरी झण्डै ५ देखि ७ हजार नेपालीको क्षयरोगकै कारण बर्षेनी मृत्यु हुने गरेको तथ्याकं छ। क्षय रोग विभिन्न प्रकारका हुने गरेका छन्। नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने गरेको छ। अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका क्षयरोग हुने गर्दछन्।


























