काठमाडौं, चैत्र ११ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ। आज पनि छापावाला सुन मंगलबार नै कायम भएको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























