वीरगञ्ज, चैत्र ११ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन्। पटेर्वासुगौली-२ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन्।
गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई बुधबार बिहान अर्नाले आक्रमण गरेको वडाअध्यक्ष विजय गैरेले जानकारी दिए। अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जतर्फ आएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।
Facebook Comments


























