काठमाडौं, चैत्र १० । सुन–चाँदीको भाउ आज पुनः घटेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ। सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसैगरी, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Facebook Comments


























