चैत, ९ । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा आएको बाढीका कारण हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ। न्यु साउथ वेल्स राज्यका विभिन्न क्षेत्रमा बाढी आएपछि झण्डै १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। केही दिनदेखि परेको भारी वर्षाका कारण उक्त स्थानमा बाढी आएको हो।
भारी वर्षापछि प्रान्तीय राजधानी सिड्नीका नदी र बाँधमा पानीको मात्रा बढेको र बाढी आएको समाचारमा जनाइएको छ। अझै केही दिनसम्म बाढीले निरन्तरता पाउने अष्ट्रेलियाका अधिकारीहरुले बताएका छन्। उनीहरुले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेका छन्।
त्यस्तै प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण विस्थापित हुन पुगेको व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन्। आफ्नो मुलुकका लागि अर्को परीक्षणका समय आएको उनको भनाइ छ। एजेन्सी
Facebook Comments


























