काठमाडौं, चैत्र ९ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा १९ सदस्यीय कलाकारको टोली सहभागी भएका छन्। कलाकारको नेतृत्व सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकुमार राईले गरेका छन्।
राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाँदैछिन्। बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन्। राष्ट्रपतिको भ्रमण दलमा मन्त्री‚ कर्मचारी‚ चिकित्सक‚ पत्रकार‚ कलाकारसहित ५४ जना भ्रमण सहभागी हुने छन्।
Facebook Comments


























