मुम्बई, चैत्र ८ । बलिउडका महानायक अमिताभ बच्चनले फिल्म क्षेत्रमा पाँच दशकभन्दा लामो समय बिताइसकेका छन्। यी अभिनेताले आफ्नो अभिनय तथा कलाको माध्यमबाट भारतकै नाम विश्वभरी नै उच्च बनाएका छन्।
यी अभिनेताले हालसम्म धेरै प्रकारका अवार्डहरु पाइसकेका छन्। अहिले आएर यी अभिनेतालाई पुनः एकपटक वैश्विकस्तरमै सम्मानित गरिएको छ।अमिताभ बच्चनले २०२१ को एफआईएफएफ अवार्डबाट पुरस्कृत गरिएको हो।
उनलाई क्रिस्टोफर नोलन तथा मार्टिन सोर्सेसद्वारा यो अवार्ड प्रदान गरिएको हो। अमिताभ बच्चनले यो सम्मान पाएर निकै खुशी महसुस गरिरहेका छन्।
उनले सामाजिक सञ्जलमा क्रिस्टोफर नोलन तथा मार्टिनलाई धन्यवाद दिएका छन् र अवार्डसहित आफ्ना तस्बिरहरु शेयर गरेका छन्। अमिताभले सन् २०२१ को एफआईएएफ अवार्ड पाएर निकै सम्मानित महसुस गरिरहेको लेखेका छन्।
‘आफ्नो देशको संस्कृति तथा कलालाई यथावत राख्ने कार्यलाई म आगामी दिनमा समेत जारी राख्नेछु। फिल्म हेरिटेज फाउण्डेसनले पनि आफ्नो तर्फबाट फिल्महरुलाई संरक्षित गर्ने तथा देशको संस्कृतिलाई बढावा दिने तथा संरक्षिण गर्नका लागि देशभरी नै जागरुकता फैलाउने कार्य गरिरहने छु’ उनले लेखेका छन्। एजेन्सी


























