चितवन, चैत्र ८ । विश्व कविता दिवस आइतबार विभिन्न कार्यक्रम गरि मनाईंदै छ। दिवसको अवसरमा विभिन्न साहित्यीक संस्थाले विशेष कार्यक्रम गर्दै छन्। सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो।
कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ। कविता संवादको शक्तिशाली माध्यम रहेको र यसले समुदाय एवम् व्यक्तिबिच विश्वासको सम्बन्ध बिस्तारका लागि सहयोग गर्ने युनेस्कोको भनाई छ। कवितामा गरिने प्रस्तुतिले अभिव्यक्तिको अनेक ढोका खोल्ने र यसले सहकार्य तथा समन्वयका लागि वार्ताको वातावरण बनाउने गरेको युनेस्कोले जनाएको छ। कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ।
कविताको आधार मौखिक रुपमा पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएको कलात्मक प्रस्तुतिसँग जोडिएको छ। दिवसले यो सँस्कृतिलाई सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ।


























