चैत्र ४ । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५ बजेर २९ मिनेटमा गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो।
भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ। सिन्ह्वा
Facebook Comments


























