चैत १ । कजाकास्तानमा शनिवार सैन्य विमान एन–२६ दुर्घटनाग्रस्त भएको छ। राजधानी नूरसुल्तानबाट उडेको विमान अल्माटीमा अवतरण गर्ने बेलामा दुर्घटनामा परेको हो। घटनामा चारजनाको ज्यान गएको छ।
विमानमा कुल ६ जना थिए। दुर्घटनाग्रस्त विमान आगोको मुश्लोमा परिणत भएको थियो। घाइते भएका दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। विमान कजाकास्तानको राष्ट्रिय सुरक्षा समितिको भएको बताइएको छ। एजेन्सी
Facebook Comments


























