फागुन २६ । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नाजिर हुसेनले अभिनय गर्ने भएका छन्। नाजिर अघि यो चलचित्रमा दीपिका प्रसाई र मुम्बईका कलाकार रोहित सुचान्तीले अभिनय गर्ने पक्का भैसकेको छ।
केही दिनअघि मात्रै चलचित्रमा जोडिएका नाजिरले चलचित्रको शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्। ओम नमः शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि अभिनेता पल शाह र निराजन प्रधानको नाम पनि चर्चामा थियो।
लकडाउनपछि म्युजिक भिडियोमा छाएका नाजिर चलचित्रमा अनुबन्धित भएका हुन्। केही समयअघि मात्रै नाजिरले चलचित्र ‘चिलगाडी’मा साइन गरेका थिए। तिमीसँगै हुने मन छ मा चलचित्रमा भारतीय प्राविधिकहरूले काम गर्नेछन्।
Facebook Comments
























