सुनसरी, फागुन २६ । सशस्त्र प्रहरी बलले सुनसरीको भण्टावारीबाट ४९ किलो गाँजा बरामद गरेको हो। कोशी गाउँपालिका –८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश-१ का प्रमुख डीआईजी वंशीराज दाहालले जानकारी दिए।
निजी जग्गामा लगाइएको खेराखेतीबाट गाँजा बरामद भएको हो। केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा बरामद भए पनि गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन हुन सकिरहेको छैन।
Facebook Comments


























