काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे निर्वाचन आयोगका पदाधिकारीहरू आज छलफलमा जुट्दैछन्। पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहको पटकपटक दबाबपछि आयोगले छिटो विवाद निरूपणको गृह कार्य थालेको हो।
आज आयुक्तहरुको बैठकमा नेकपाको प्रचण्ड(माधव समूहले आधिकारिकता दाबी गर्दै पेस गरेको कागजातको अध्ययन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
आयुक्तहरू छलफलमा जुटे पनि आजै विवादको निरूपण भने नहुने उनले बताए। विवाद समाधानका लागि अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ।बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको प्रचण्ड–माधव समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ। नेकपाको विवाद नसुल्झिदा संसदमा नयाँ सरकार गठनमा समेत अप्ठ्यारो पर्ने जानकारहरू बताउँछन्।
Facebook Comments


























