फागुन २१ । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’को सार्वजनिक भएको छ। गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ। अनिल के सीको प्रस्तुती रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको Aafno Maan च्यानलले निर्माण गरेको हो। भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ।
Facebook Comments


























