चितवन, फागुन २० । पछिल्लो २४ घण्टामा नेपालमा १०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप १०७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ रहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ।
हालसम्म देशभर २१ लाख ७९ हजार ४७ नमुनाको पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा ५७जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७९५ रहेको छ।
Facebook Comments


























