काठमाडौं, फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै छन्। आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लागेका हुन्।
यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गरेका थिए। सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने बताएका हुन्।
सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नु सभामुख सापकोटाका लागि निकै चुनौतीपूर्ण देखिन्छ। बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ।
Facebook Comments


























