चितवन, फागुन १८ । चितवनमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन्।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा २ ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा २च २८२४ नम्बरको कार तथा ना १७ प ४०१२ र ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बाहादुर थापाले जानकारी दिए। घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको डिएसपी थापाले बताए।
दुर्घटनामा परेका चारवटै सवारी–साधन तथा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ।