चितवन, फागुन १६ । माडी नगरपालिका वडा नं ७ स्थित एक घरमा आगलागी भएको छ। आज दिउँसो करिब २ बजेर २५ मिनेटको समयमा स्थानीय टोक प्रसाद गौडेलको घरमा आगलागी हुदा घर पुर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय माडीका प्रमुख झलक शर्माले जानकारी दिए।
घटनामा मानबिय क्षति भने नभएको,एउटा बाख्राको भने आगलागीका कारण जलेर मृत्यु भएको शर्माले जनाए। आगलागीका कारण खाद्यान्न, लत्ताकपडा, घरसहित पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। गौडेलको ढुङ्गा/माटोको गारो तथा टिनको छानो भएको दुईतले घरमा आगोलागी भएको हो।
दमकल, प्रहरी र स्थानियले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। गर्मी मौसम सुरुवात हुन लागेसँगै आगलागीका घटनाहरु बढ्ने भएकाले प्रज्वलनशिल बस्तुको प्रयोगमा सर्तकता अपनाउन इलाका प्रहरी कार्यलय माडीले नगरबासीमा अनुरोध गरेको छ।


























